गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणीकरण

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भइआएका दुई वटा अर्थसम्बन्धी विधेयकलाई आज प्रमाणीकरण गरेका छन् ।

‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जानकारी दिए ।

विधेयक प्रमाणीकरण भएपछि प्रदेश सरकारका लागि अब प्रदेश विनियोजन ऐन २०८२ र प्रदेश आर्थिक ऐन २०८२ कार्यान्वयनमा आउनेछ । अब गण्डकी प्रदेश सरकारका लागि आगामी साउन १ गतेदेखि सञ्चित कोषबाट रकम खर्च गर्ने र प्रदेशभित्र राजस्व सङ्कलन गर्नका लागि अधिकार प्रत्यायोजित भएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *