अनलाइन स्क्याम तथा विभिन्न प्रकृतिका ठगी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा जेसीज र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा “अनलाइन स्क्याम तथा विभिन्न प्रकृतिका ठगी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सभा अध्यक्ष पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की रहेका थिए । कार्कीले कार्यक्रममा बोल्दै पोखरा जेसीजले जनचेतनामूलक सचेतना कार्यक्रम साथै सामाजिक बिकासका कार्यमा, शिक्षाको क्षेत्रमा, विभिन्न गाउँ- गाउँमा गई हेल्थ क्याम्प कार्यक्रम गर्दै पोखरामा मात्र नभई देश भरिनै आफ्नो पहिचान अग्र पंक्तिमा राख्न सफल भएको हुदा पोखरा उद्योग वाणिज्य संघले पनि हातेमालो गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा आश्था पाठ कार्यक्रम संयोजक तथा पोखरा जेसीजका सदस्य जेसी निस्चल खरेलल ले गरेका थिए । पछिल्लो समय डिजिटल प्रविधिको तीव्र विस्तारसँगै नागरिकहरू बैंकिङ ठगी, ओटीपी ह्याक, फेक लिंक, लटरी प्रलोभन, सामाजिक सञ्जालमार्फत लगानी ठगी, ई–कमर्स ठगीजस्ता घटनाको जोखिम बढ्दै गएको र यसलाई कासरी न्यूनीकरण गर्न सकिन्छ भने हेतुका साथ कार्यक्रमलाई अगाडि बढाईएको पोखरा जसिजका महा- सचिव संजय पौडेलले जानकारी गराए ।

कार्यक्रममा प्रशिक जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख (एसपी) नवीन कार्कीले गरेका थिए । कार्कीले साईबर अपराध, अनलाईन ठगी तथा कानूनी व्यवस्थाका विषयमा सचेतना प्रस्तुती तथा प्रशिक्षण गराएका थिए । कार्यक्रममा विभिन्न संघ- संथाका व्यक्तित्व, शिक्षक, शिक्षिका, बिधाथी, स्वास्थ्यकर्मी लागाएतको उल्लेखनीय उपस्थित रहेको थियो ।

कार्यक्रममा स्वागत तथा कार्यक्रम विवरण पोखरा जेसीज बर्ष २०२६ का अध्यक्ष जेसी सुमन पहारीले राखेका थिए । कार्यक्रम समापन तथा धन्यवाद मन्तव्य पोखरा उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष गोकर्ण कार्कीले राखेका थिए । भने कार्यक्रम संचालन पोखरा जेसी बर्ष २०२६ का महासचिव जेसी संजय पौडेलले गरेका थिए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *