प्रकाश पौडेल/पोखरा
पोखरा इन्जिनियरिङ्ग कलेजमा आयोजित पेक टेक एस्पो २०८२ को तयारी पुरा भएको छ ।
यही माघ १४ र १५ गते सम्पन्न हुन लागेको नबौँ संस्करणको पेक टेक एस्पोको तयारी पुरा भएको कलेजमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रत्येक २ बर्षमा आयोजना हुने प्रर्दशनीमा इन्जिनियरिङ्ग बिषयका ओभरसियर र स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुद्धारा तयार पारिएका प्रोजेक्ट वर्कहरु प्रर्दशन गरिने कलेजका प्रशासन प्रमुख चीजकाजी गुरुङ्गले जानकारी दिनुभयो । बिद्यार्थीहरुको सिर्जनात्मक क्षमतालाइ सार्वजनिक गर्दै उनिहरु लाइ थप हौसला प्रदान गर्नका लागि र बिकास गरिएको प्रबिधिहरुको ब्यबसायिक उपयोगिता लाइ प्रवद्र्धन गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको पनि उहाँले जानकारी दिनुभयो । आयोजकले बिभिन्न निकायमा कार्यरत प्राबिधिकहरु, उद्योगी ब्यबसायहिरु, शैक्षिक क्षेत्रका ब्यक्तिहरु, बिद्यार्थी बर्ग लगायत सम्पूर्ण सर्बसाधारण लाइ अबलोकनका लागि आग्रह गरेको छ ।
कार्यक्रममा कलेजका प्रीन्सिपल सोम गुरुङ्गले बिगतमा बर्षहरुमा पोखरा इन्जिनियरिङ्ग कलेजका बिद्यार्थीले निर्माण गरेका बिभिन्न प्रबिधिहर अहिले बिभिन्न निकायमा प्रयोग भैरहेको बताउनुभएको थियो । कलेजमा कुन कुन प्रबिधि निर्माण भए र कुन कुन प्रयोग भैरहेका छन् भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले भोटिङ्ग मेसिन, ट्राफिक कन्ट्रोल सिस्टम लगायतका प्रबिधि निर्माण भएकोमा पोखराका बिभिन्न चोकमा पेक कै बिद्यार्थीले निर्माण गरेको ट्राफिक कन्ट्रोल सिस्टम प्रयोगमा आएको उत्तर दिनुभएको थियो । भदौ २३ र २४ को आन्दोलन पछि उक्त ट्राफिक कन्ट्रोल सिस्टम बन्द भएको पनि उहाँको जवाफ थियो ।
मेलामा Technical Exhibition, Inter college Hackathon Competition, Computer & IT Projects Demonstration, Architectural Design Hackathon, Architecture Project Demonstration, Wall Art Competition, Popsicle Bridge Design Competition, Inter School Design Competition सम्बद्ध ६० भन्दा धेरै सिर्जनात्मक परियोजनाको प्रर्दशर्नी गरिने छ । प्रर्दशर्नीमा आयोजित प्रतियोगितामा बिजयी हुने लाइ २५ सय देखी ३५ हजार सम्मको नगद पुरस्कारको ब्यबस्था गरिएको पनि आयोजकले जानकारी दिएको छ ।
पोखरा इन्जिनियरिङ्ग कलेजमा हुने नबौं PEC Tech Expo-2026 को तयारी पुरा
