देउवाको ह्याट्रीकमा श्रीलंका माथी नेपालको सहज जित

३१ असार, काठमाडौं । मीना देउवाको ह्‍याट्रिक मद्दतमा नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलंकामाथि फराकिलो जित निकालेको छ। नेपालले श्रीलंकालाई ७-० गोलअन्तरले हराएको हो ।

भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालका लागि मीनाको ह्‍याट्रिकसँगै पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारीले १-१ गोल गरे । पहिलो हाफमा ५ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्यो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *