पोखरामा ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक: २०८२ हुने

मंसिर ९ / चन्द्र प्रकाश पौडेल
पोखरा उद्योग बाणिज्य संघको आयोजनामा नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२, पोखरा हने भएको छ ।
यही मंसिर १७ गते देखी २२ गते सम्म पोखरा प्रर्दशर्नी केन्द्र नयाँ बजारमा ‘लगानीको सम्वद्र्धन : उद्योग–व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ मेला आयोजना गर्न लागिएको आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, हस्तकलाका उत्पादन, सूचना प्रविधि, ,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले जेन्जी आन्दोलन पछि घाइते भएको निजी क्षेत्रको उपचारका लागि पनि मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक मेलाको आयोजना आबस्यक रहेको पनि बताउनुभयो ।

क्यान नेपाल महासंघ,कास्कीले विगत १३ वर्षदेखि आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकलाई पनि यही मेलामा समाहित गर्दै मेला मार्फत नयाँ युगको आवश्यकता संवोधन गर्ने प्रयत्न गरेको आयोजकको दाबी रहेको छ ।
मेलामा क्यानसँग आवद्ध तथा सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्लो समयका प्रविधि,दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिने छ ।
सूचना प्रविधिसम्बन्धी नविनतम् जानकारीको लागि मेला सर्वोत्कृष्ट थलो बन्नेछ भन्नेमा पोखरा उद्योग बाणिज्य संघ बिश्वस्त रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
मेलको मुख्य आर्कणको रुपमा बिबिध साँस्कृतिक कार्यक्रम, स्थानिय स्तरमा उत्पादित बस्तु, कृषि उपज र नबिनतम प्रबिधीको जानकारी तथा प्रर्दशनी रहनेछन् । यो पटकको मेलामा प्रबेश भने निशुल्क गरिएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *