एक महिनाअघि यूकेमा मृत्यु भएकी मनलक्षी राईको अन्त्येष्टिका लागि हेलिकोप्टरबाट आफन्त खोटाङ आएका थिए 

बुधबार मध्याह्न १२ बजेर दुई मिनेटमा बालाबेसी आइपुगेको हेलिकोप्टर अवतरणको क्रममा भित्तामा ठोकिएर दुर्घटना भएको हो ।

  • चैत्र ४, २०८२

    खोटाङ — केपिलासगढी गाउँपालिका–२ खार्तम्छा बालाबेसीमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ । बुधबार मध्याह्न १२ बजेर दुई मिनेटमा बालाबेसी आइपुगेको हेलिकोप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

    प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार एअर डाइनेस्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएका छन् । उनको दाहिने खुट्टामा चोट लागेको खार्तम्छाका वडाध्यक्ष मिलन राईले बताएका छन् ।

    काजीबहादुर र पाइलट सवीन थापालाई एअर डाइनेस्टीकै नाइन-एनएएनए  नम्बरको हेलिकोप्टरबाट मध्याह्न १२: ३५ बजे काठमाडौं पठाइएको वडाध्यक्ष राईले सुनाएका छन् ।

    Relatives arrived in Khotang by helicopter for the funeral of Manalakshi Rai, who died in the UK a month ago.

    उक्त हेलिकोप्टरमा एक महिनाअघि युकेमा मृत्यु भएकी ८० वर्षीया मनलक्षी राईको अन्त्येष्टिका लागि मृतकका आफन्त आएका थिए । मृतकका श्रीमान ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीमान राई हेलिकोप्टरमा सवार थिए ।

    मृतकको शव भने गाडीमार्फत बिहीबार गाउँ आइपुग्ने आफन्तले जनाएका छन् । आफन्तहरू भने सकुशल रहेको वडाध्यक्ष राईले बताएका छन् । दुर्घटनालगत्तै पाइलटले इन्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार लक्ष्मी राईले बताएकी छन् । 

    Share

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *