बिमा प्रस्ताब फारम राम्रो सँग पढेर, बुझेर बिमा गरे अनाबस्यक झण्झट बेर्होनु नपर्ने

मंसिर २३ । प्रकाश पौडेल
नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले पोखरामा पत्रकारहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार सम्पन्न कार्यक्रममा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले स्लाइड मार्फत नेपालको बिमाको बर्तमान अवस्था बारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा उहाँले आधिकारिक बिमा कम्पनी तथा अभिकर्ता पत्ता लगाई बिमा प्रस्ताब फारम राम्रो सँग पढेर मात्र बिमा गर्न सबैलाइ आग्रह गर्नुभएको थियो । बिमा प्रस्ताब फारममा भएका प्राबधानको आधारमा मात्रै बिमा रकम दाबी गर्न पाइने भएकाले आफ्नो आबस्यकता, पेशा र आम्दानीको स्रोत लाइ मध्यनजर गरी बास्तबिक बिबरण उल्लेख गरेर मात्रै बिमा गर्नु पर्नेमा उहाँको जोड थियो ।
“बिमा गर्दा बिमालेख नम्बर उल्लेख भएको रसिद जारी भएपछि मात्र बिमा कार्यान्यन हुने भएकाले सचेत रहनु पर्छ र आफुले गरेको बिमाको बारेमा परिबारका सदस्य लाइ पनि जानकारी गराउनु पर्छ ।” उहाँको भनाइ थियो ।
बिमा अभिकर्ताले बिभिन्न लोभ देखाएर बिमा गराउने तर बिमाको किस्ता तिर्न नसकेर सरेन्डर गर्दा आफुले तिरेको पुरा रकम समेत फिर्ता नपाउने र कतिपय अबस्थामा बिमा रकम दाबी गर्दा झण्झट बेर्होनु पर्छ भन्ने गुनासो ब्यापक रहेको छ नी भन्ने पत्रकारहरुको प्रश्न रहेको थियो । यसको उत्तरमा उहाँले सुरुमा बिमा प्रस्ताब फारम हेरेर राम्रो सँग बुझेर मात्र, बास्तबिक बिबरण उल्लेख गरी बिमा गरेमा यस्तो समस्या भोग्नु नपर्ने बताउनुभएको थियो । कुनै बिमा कम्पनीले अनाबस्यक दुख दिने तथा बिमा दाबी रकम नदिएमा बिमा प्राधिकरणमा उजरी गर्न पनि आग्रह गर्नुभयो । कुनै कम्पनी उपर उजुरी परी प्रमाणित भएमा उजुरी परेको दिन देखी नै बिमा दाबीको १० प्रतिशत रकम जरीबाना असुल हुने समेत जानकारी दिनुभएको थियो ।
पोखराका पत्रकार युवराज श्रेष्ठले केही समय अगाडी आफु सबारी दुर्घटनामा परेको र आफुले बिमा गरेको कम्पनीमा १ लाख ९० हजारको सप्रमाण बिल सहित बिमा दाबी गर्दा ४६ पटक सम्म कार्यालयमा बोलाएर जम्मा ३४ हजार रुपैयाँ भुक्तानी पाएको गुनासो गर्नुभएको थियो । यसको उत्तरमा बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले यो बारेमा आफुले छानबिन अगाडी बढाउने र दोषी देखिए कानून अनुसार कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता समेत ब्यक्त ब्यक्त गर्नुभएको थियो ।
कसैले घर बिमा गरेमा कर योग्य आम्दानीमा ५ हजार रुपैयाँ र जीवन बिमा गरेमा ४० हजार रुपैयाँ छुट पाउने प्राबधान रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
यस्तै कृषी तथा पशुपंक्षि बिमा अन्र्तगत ५० लाख सम्मको बिमामा ८० प्रतिशत सम्म अनुदान, ५० लाख देखी १ करोड सम्मको बिमामा ६५ प्रतिशत र १ करोड भन्दा माथिको बिमामा ५० प्रतिशत अनुदान प्राप्त हुने समेत जानकारी दिइएको थियो ।
अहिले सम्म ४८.३३ प्रतिशत जनतामा बिमाको पहँुच पुगेको र यसले कुल ग्राह्स्थ उत्पादनमा ३.७२ प्रतिशत योगदान पु¥याएको पनि कार्यक्रमका बक्ताहरुले जानकारी दिएका थिए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पोडेल प्रमुख अतिथी रहेको कार्यक्रममा बिमा सर्भेयर बुद्धि राजा अधिकारी, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका बिनोद सापकोटा, सुर्य ज्योति लाइफ इन्स्योरेन्सका रामजी बराल लगायतका बक्ताहरुले बिमा सम्बन्धी ज्ञान बाढ्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने बिमा प्रबधिकरणका बलराम लामिछानेले गर्नुभएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *