पर्वतको जलजला गाउँपालिकामा जिप दुर्घटना भएको छ । बेनीबाट कुश्मा तर्फ जाँदै गरेको ग ३ च ४५७८ नम्बरको जिप जलजलाको केराबारीमा दुर्घटना भएको हो । उक्त सवारी अपरान्ह ५:३० बजे सडकबाट करीब ५० मिटर तल खसेर कालिगन्डकी नदीको किनारमा पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कुश्मा नगरपालिका दुर्लुङ निवासी चालक दीपक बहादुर गिरी घाइते भएका छन् भने उनलाई उपचारको लागि पोखरा लगिएको छ ।
