पोखरामा दोस्रो दाँई महोत्सव हुने :

मंसिर ११ / प्रकाश पौडेल
“पोखरा सबै मैसमका लागि” भन्ने मुल नाराका साथ पोखरामा दोस्रो दाँई महोत्सव २०८२ आयोजना हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा यही मंसिर १३ गते शनिबारका दिन पोखरा १९ पुरन्चौर चुरुङ्गा फाटमा महोत्सव हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पोखरा पर्यटनको राजधानी घोषणा भई पोखरा भ्रमण बर्ष २०२५ चलिरहेको अवस्थामा आयोजना गरिएको दाइ महोत्सवले भ्रमण बर्षको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बिश्वास लिएको महोत्सब संयोजक हरि भूजेलले जानकारी दिनुभयो ।
शहरीकरण र बद्लिदो जीवनशैलीले परम्परागत खेती प्रणाली लोपहुदै गैरहेको अबस्थामा नयाँ पुस्तालाई असारमा रोपेको धान कसरी भित्राइन्छ भन्ने कुराको जानकारी समेत दाँई महोत्सवले दिने भूजेलको भनाइ थियो ।
महोत्सवले पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने, बिदेशी पर्यटक लाइ दाँईमा सहभागी गराएर नेपाली परम्परागत कृषि प्रणालीको अनुभूति गराउने, एग्रो टुरिजम मार्फत नेपालको पर्यटन क्षेत्रलाइ अझ फराकिलो बनाउँदै लैजाने लगायतका उद्देश्य राखेको छ ।
मेलाको मुख्य आर्कषणको रुपमा उत्कृष्ट गोरु पालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने ददेरा प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता लगायतका कार्यक्रम रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
उत्कृष्ट गोरुपालक कृषकले पुरस्कार स्वरुप नगद रु ५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट धान उत्पादक प्रतियोगिता तर्फ भने प्रथम, द्धितिय र तृतिय लाइ क्रमशः रु १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ । धान चुट्ने, गुन्द्रि बुन्ने र परालको भारी बान्ने प्रतियोगितामा समान प्रथम हुनेले रु ३ हजार, द्धितियले रु २ हजार र तृतियले रु १ हजार प्राप्त गर्नेछन् ।
करिब १ हजार मानिस सहभागी हुने अपेक्षा गरिएको कार्यक्रम मंसिर १३ गते बिहान ८ ः ३० वजेबाट अपहरान्न ४ बजे सम्म सञ्चालन हुनेछ ।
महोत्सब आफ्नै ठाँउमा आयोजना गर्न पाउदा आफुहरु उत्साहित रहेको चुरुङ्गा टोल सुधार समितिका अध्यक्ष दयाराम गौतमको भनाइ रहेको थियो । चुरुङ्गामा परम्परागत रुपमा दुधे मार्सी र हाल झिनुवा धानको उत्पादन हुने गरेको पनि उहाँले जानकारी गराउनु भयो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *