रेडियो अडियोका सञ्चालक एवं पत्रकार दीपेन्द्र खनियाँ मृ.त फेला परेका छन् । उनी आइतबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा रहेको आफ्नै घरमा मृ.त फेला परेका हुन् ।
उनी आफ्नै घरमा झु.न्डिएको अवस्थामा मृ.त फेला परेको प्रहरीले बताएको छ ।
खनियाँ उक्त घरमा आफ्नो परिवारसँग बस्दै आएका थिए।
उनी मृ.त भेटिएकै घरमा रेडियो अडियोको कार्यालय थियो। खनियाँले केही महिनाअघि मात्रै उक्त घर बिक्री गरे पनि उनीहरू त्यहीँ बस्दै आएका थिए।
उनकि श्रीमती र एक छोरी छन् । पत्नी शिखासहित सञ्चालन हुने कार्यक्रम खुलदुली डटकम निकै मन पराइएको थियो ।

