काठमाडौँ । अछामका दीपक साउदको फेसबुक रिल्सले एक दिनमै पाँच करोड ५८ लाखभन्दा बढी भ्युज बटुलेको छ । जम्मा १३ सेकेन्ड लामो उनको कमेडी भिडिओको क्लिपले छोटो समयमै यति धेरै भ्युज पाएको हो ।
हाल भारतको नयाँ दिल्लीमा सामान्य मजदुरी गर्दै आएका उनले रमाइलोका लागि यो भिडियो बनाएका थिए । जसमा दुई जना ब्यक्तीहरु हिलाम्य सडकको छेउमा झगडा गरिरहेको देखिन्छ । सेतो कुर्तामा रहेका दीपक छुट्याउन जाँदा उल्टै हिलोमा पछारिन्छन् र अनौठो भावसहित फिर्ता हुन्छन् ।
कुनै सम्वाद नसुनिने भिडिओमा केही साउन्ड इफेक्ट मात्रै प्रयोग गरिएको छ । विभिन्न कमेडी भिडिओ क्लिप तयार पारेर राखिरहने उनको फेसबुकमा ४ लाखभन्दा बढी फलोअर छन् ।
भिडियो हेर्न तल दिइएको link मा click गर्नुहोस् ।
