‘मेरो र माधवजीको सहमतिमा अहिलेको सरकार बनेको हो : प्रचण्ड

 नेपाली कम्युनिष्ट पार्टीका संयोजक एबम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने निर्वाचनलाई लिएर द्विविधामा नपर्न सबैलाई आग्रह गरेका छन। पोखरामा आइतबार आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले फागुन २१ को चुनावका लागि सरकार र चीन र भारत लगायतका छिमेकी मुलुकहरु समेत सकारात्मक रहेकोले चुनाब हुँदैन कि भन्ने शंका नगर्न सबैलाई आग्रह गरे।

उनले भने ‘ अहिले कोहीपनि द्धिविधामा बस्न जरुरी छैन, चुनाव फागुन २१ गते हुन्छ र हुनुपर्छ । हाम्रो एकता सभा सकिँदासम्म चुनावी माहोल बन्छ,’ उनले भने, ‘हाम्रा छिमेकीहरु पनि चुनाव होस् भन्ने चाहन्छन् । सरकारले सरोकारवालाहरुसंग वार्ता बसिरहेको छ, चुनावका लागि ।’ चुनाब हुने कुरामा शंका नगर्न सबैलाई आग्रह गरेपनि प्रचण्डले चुनावको वातावरण बनाउन सरकार अझै लाग्नुपर्ने कुरामा समेत जोड दिए ।

सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले आंफ्नो पार्टीसंग सम्बादमा आउन सुझाब दिंदै प्रचण्डले भने ‘अहिले सरकारले धेरै जनाधार भएको पार्टीलाई छोडेर जनाधार नै नभएको पार्टीसँग मात्रै संवाद गरिरहेको छ।’ अहिलेको सरकार नै आंफुले र माधवकुमार नेपालले बनाएको हो भन्दै प्रचण्डले सरकारले जसको धेरै जनाधार छ, उसलाई भेट्दिनँ भन्छ भने चुनावी माहोल भड्काउन खोजिरहेको बुझिन्छ।’ प्रचण्डको भनाई थियो

यसै सन्दर्भमा उनले चेतावनी युक्त शैलीमा सरकारलाई भने ‘भदौ २६ गते राती राष्ट्रपतिसँग बसेर प्रधानमन्त्री बनाउने सहमति मैले र माधवजीले गरेको हो, यो कुराको हेक्का सरकारले राख्न जरुरी छ । देशभर चुनावी माहोल बनाउन पनि हामी यो सभामा जुटेका छौं ।’

प्रचण्डले एमाले र कांग्रेसका ‘दुई तिहाइ’ बाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस एमालेका कारण राष्ट्र संकटमा फसेको टिप्पणी गरे । ‘हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ।सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौ। तर सरकारबाट हटाइयो। भ्रष्टाचारविरुद्ध लड्ने पनि दिइएन।हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति पुगेन,’ उनले भने।

आँफुहरुले सुरु गरेको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधिनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको उनको दाबी थियो । ‘चुनाव त हामी जीत्छौँ, जित्छौं । तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ,’ प्रचण्डले भने ।

उक्त सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एबम पुर्व प्रधानमन्त्री माधव नेपालले बामपन्थी र राष्ट्रबादी शक्तिलाई एकैठाउँमा ल्याउन आँफुहरुले एकता अभियान शुरु गरेको बताए। 

सहसंयोजक नेपालले एमाले अध्यक्ष केपी ओली तर्फ लक्षित् गर्दै दुई तिहाइको शक्तिको दम्भका कारण मुलुकमा बर्तमान अबस्था सिर्जना भएको भन्दै मुलुकमा देखिएको संकटको निवारणको लागि आंफ्नो पार्टी गम्भीर रहेको उल्लेख गरे।

कार्यक्रममा पार्टीका नेताहरु पुर्व प्रधानमन्त्री झलनाथ खनाल, भिम रावल, नारायणकाजी श्रेष्ठ, देब गुरुङ, श्रीनाथ बराल र दिनानाथ शर्मा लगायतले आआफ्नो भनाई राखेका थिए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *