पर्बतको पैयूँमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न


मंसिर १३/ प्रकाश पौडेल
पर्बतको पैंयू गाउँपालिका वडा नं. ७ मा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्वतको आयोजना, जिल्ला प्रशासन कार्यालय, पर्वतको सहजीकरण र पैयू गाउँपालिका, पर्वतको सहकार्यमा शनिबार (मंसिर १३ गते) उक्त कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय, पर्बतले जानकारी दिएको छ ।
समुदायको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र समन्वय गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
नागरिक सुनुबाइ कार्यक्रममा स्थानियले सडक अवरुद्ध, नदिजन्य उत्खनन्, मा.प.से, राज्यले उपलब्ध गराउने बिभिन्न अनुदान लगायत समसामयिक समस्याको सम्बन्धमा गुनासो गरेका थिए । नागरिकका गुनासा लाई जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख, प्रहरी नायव उपरीक्षक विजय यादव र प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे सम्बोधन गर्नुभएको थियो ।


प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पैंयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठाकुरी प्रमुख अतिथि रहनु भएको थियो । उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू सशस्त्र प्रहरी बल २५ नं. गण हेडक्वाटर चण्डिका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक करण सिंह धामी, इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक सुदिप भन्डारी, इलाका प्रशासन कार्यालय हुवास, पर्वतका प्रमुख अनिल राज कोईराल, पैंयू गाउँपालिकाका वडा अध्यक्षहरु रहनुभएको थियो । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी, पत्रकार, पूर्व प्रहरी कर्मचारी, टोल सुधार समितिका प्रतिनिधी, स्थानिय जनप्रतिनिधि, स्थानीय संघसंस्था र स्थानीय बासिन्दाहरुको बाक्लो सहभागिता रहेको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *