एमालेले संसद पुनःस्थापनाका लागि संर्घष गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म शक्ति प्रदर्शनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।
भृकुटीमण्डपमा आयोजित सभामा बोल्दैै ओलीले प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म एमालेको सभा जारी रहने बताएका हुन् । उनले आजको सभा कुनै भोट माग्ने चुनावी सभा नभइ देश, लोकतन्त्र, संविधान र जनताको अधिकार बचाउन गरिएको सभा रहेको जिकिर गरे ।
प्रतिनिधिसभा पुनस्र्थापना गराएरै छाड्ने ओलीले दाबी रहेको छ । उनले अरू राजनीतिक दलहरूलाई पनि संसद पुनःस्थापनाको पक्षमा उभिन पटकपटक आग्रह समेत गरेका थिए ।
ओलीले सार्वजनिक सभा गरेर संसद पुनस्र्थापनाको पक्षमा उभिन आग्रह गरिहँदा नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकले भने चुनावमा जाने निर्णय गरेको छ ।
एक महिना लामो केन्द्रीय कार्य समिति बैठकलाई टुंग्याउँदै कांग्रेसले चुनावमा जाने निर्णय गरेको हो । जबकि ओलीलाई कांग्रेसकै आश थियो । संसद पुनस्र्थापनाको माग राख्ने पक्षमा एमाले अब एक्लिएको छ । ओलीले आफ्नो पार्टिका नेता तथा कार्यकर्तालाई भने संसद पुनःस्थापनाका लागि सक्रिय हुन निर्देशन दिएका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *