गण्डकी र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन विभागको अनुरोध

शुक्रबार, २३ श्रावण २०८२

जल तथा मौसम विज्ञान विभागले हाल गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार सो क्षेत्रमा अहिले १८ देखि ५४ मिलिमिटरसम्म वर्षा भइरहेको छ ।

त्यस्तै कर्णालीका केही स्थानमा पनि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग लगायत देशका बाँकी पहाडी भू-भागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू-भागगका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *