क्लोराडो, १६ साउन २०८२
काठमाण्डौ बाट नेपाली पण्डितले अमेरिकामा अनलाइन मार्फत श्राद्ध गराएका छन् । अमेरिकाको कोलोराडोमा बस्दै आएका गोविन्द घिमिरेले नेपाली हिन्दू परम्पराअनुसार आफ्नी स्वर्गीय आमा तारावती घिमिरेको वार्षिक श्राद्ध अनलाइन भिडियो कल मार्फत गरेका हुन् । नेपालमा रहेका प्रख्यात पण्डित याम प्रसाद पौडेलको सहयोगमा यो धार्मिक कार्य सम्पन्न भएको हो ।
आधुनिक प्रविधिको उपयोग गरी भौगोलिक दूरी र व्यस्त जीवनशैलीका बाबजुद नेपाली संस्कृति र परम्परालाई जीवन्त राख्ने प्रयास स्वरूप अनलाइनमार्फत श्राद्ध गरेको धिमिरेले बताए । पण्डित याम प्रसाद पौडेलले प्रत्यक्ष जस्तै वैदिक विधि–विधानअनुसार मन्त्र उच्चारण गरी श्राद्धका सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गरेका थिए।
पण्डित पौडेलले यस्ता धार्मिक कार्यहरू प्रविधिको माध्यमबाट सम्पन्न गर्नुले विश्वभर छरिएर रहेका नेपालीहरूलाई आफ्नो संस्कृति र परम्परासँग जोडिराख्न सहयोग पुग्ने उल्लेख गरे । श्राद्ध समारोहमा गोविन्द धिमिरेले आफ्नी आमाको सम्झनामा उनको योगदान र प्रेमलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण अर्पण गरेका थिए ।
