साउन ६/ प्रकाश पौडेल,
सामाजिक सेवामा सर्मपित रहेनगरी काठमाण्डौमा २० सदस्सीय ‘Lions Club of Kathmandu Purnayu’को गठन गरिएको छ । हालै मात्र गठन गरिएको क्लबको अध्यक्षमा डा.लक्ष्यमण पौडेल रहनुभएको छ । क्लबले सामाजिक क्षेत्र, स्वास्थ्य सेवा, मानबिय सेवा लगायतका क्षेत्रमा योगदान पुर्याउने मुख्य उद्देश्य राखेको अध्यक्ष पौडेलले साँचोकुरा डटकम लाइ जानकारी दिनुभयो ।
क्लब युवा लक्षित कार्यक्रम, वातावरण संरक्षण, लैङ्गिक समानता, बालरोग उपचार, भोकमरी न्यूनीकरण, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सक्रिय रहने पनि उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो।


क्लबको प्रथम उपाध्यक्षमा प्रशुराम चौहान (प्रलाद चौहान), द्धितिय उपाध्यक्षमा गायिका एलिना चौहान, सचिवमा बिबेक उपाध्याय र कोषाध्यक्षमा युवराज चौहान चयन भएका छन् । क्लबको Club Membership Chairpersonमा लोकेन्द्र प्रसाद चापागाईं Club LCIF Coordinatorमा सुनीलकुमार सिंह, Club Service Chairpersonमा डा. रक्षा भट्टराई र Club Marketing Communications Chairpersonमा सुशील चौहान रहनुभएको छ ।

क्लबको Program Coordinators मा डा. प्रज्ञा पौडेल (Diabetes), डा. रुपेश बनिया (Disaster Relief), नवराज सुवेदी (Humanitarian Service), महेन्द्र राज बज्राचार्य (Youth), डा. सम्झना सुवेदी (Childhood Cancer) र अनिता थापा (Gender Equality) रहनुभएको छ
क्लबले अब छिट्टै आफ्ना सामाजिक कार्यक्रम सार्वजनिक गर्ने र जसबाट देशकै सामाजिक उत्थानमा महत्वपूर्ण योगदान पुग्ने पनि क्लबले जानकारी गराएको छ ।
