प्रकाश पौडेल/असोज १८
भारी बर्षाको सम्भावना लाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पर्वत जिल्ला बासीलाइ सचेत गराएको छ । जल तथा मौषम बिभागले देशका बिभिन्न भूभागमा अति भारी तथा भारी बर्षाको पूर्वानुमान गरपछि पर्बत प्रशासनले जिल्लाबासी लाइ साबधानी अपनाउन आग्रह गरेको हो । प्रशासनले शुक्रवार एक सूचना जारी गर्दै बाढि, पहिरो, भूक्ष्य, लगायतका प्राकृतिक प्रकोप निम्तन सक्ने भन्दै सचेत गराएको छ ।
अत्यन्तै जरुरी नभइ घर देखी टाढाको दुरीमा यात्रा नर्गन र गर्नै परेमा जल तथा मौषम बिज्ञान बिभाग बाट जारी आधिकारिक सूचनाको पालना गर्न सचेत गराएको छ ।
पहिरोको जोखिममा रहेका तथा नदि किनार र बाढिको उच्च जोखिममा रहेका बस्तीमा पानीको बाहाब बढेमा स्थानिय लाइ सुरक्षित स्थानमा गएर बस्न अनुरोध पनि गरेको छ । सोका लागि सम्बन्धित स्थानिय तह लाइ आबस्यक समन्बय गर्न निर्देशन समेत दिएको छ ।
जोखिमयुक्त स्थानका बासिन्दालाइ आपतकालिन अबस्थामा उपयोग गर्नका लागि आबस्यक ओषधी, महत्वपूर्ण कागजात, धनमाल र सामाग्री सहितको झोला तयार पार्न पनि सुचनामा आग्रह गरिएको छ ।
सडकमा चल्ने सावारी साधन लाइ साबधानीपूर्वक सञ्चालन गर्न र जोखिमयूक्त स्थानमा डोजर, एक्साभेटर लगायतका आबस्यक हेबी इक्युपमेन्ट तयारी अबस्थामा राख्न पनि सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
जिल्ला भित्रका सबै स्थानिय तह, रेडक्रस, साझेदार संस्था, नीजि क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारबाला निकायहारु लाइ बिपद पूर्व तयारीमा जुट्न र बिपद प्रतिकार्यका लागि तयार रहन पनि निर्देशन दिएको छ ।
कुनै बिपद्जन्य घटना घटेमा सम्बन्धित स्थानिय तह, जनप्रतिनिधी, नजिकको प्रहरी इकाइ वा सुरक्षा निकाय वा स्थानिय प्रशासनमा तुरुन्त जानकारी गराउन समेत प्रजिअ हरि प्रसाद घिमिरे द्धारा हस्ताक्षरित सचनामा अनुरोध गरिएको छ ।

