पर्बतको ठूलीपोखरीमा निशुल्क मुटुरोग स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कुस्मा आधारभूत अस्पतालको आयोजना, कुस्मा नगरपालिका १२ नं. वडा कार्यालयको आर्थिक सहयोग तथा सेभ द हार्ट र नेपाल कार्डियोको प्रबिधिक सहयोगमा शिबिर सम्पन्न भएको वडा अध्यक्ष झलक प्रसाद रिमालले जानकारी दिनुभयो ।
शनिबार सम्पन्न शिबिरमा बरिष्ठ मुुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराइ लगाायत १६ जना स्वास्थ्यकर्मिहरुको समुहले बिभिन्न ठाउँका करिब ४ सय जना बिरामीको मुटु परिक्षण गरेको थियो ।
परिक्षण गर्दा २ जना नयाँ मुटुरोगी, २ जना जन्मजात मुटुरोगी र १ जनामा बाथ र मुटुरोग दुबै पत्ता लागेको डा. अनिल भट्टराइले जानकारी दिनुभयो । उहाँले ३ जनामा गंभिर खालको मुटुरोग फेला परेको र उहाँहरुको वडा कार्यलय सँग सहकार्य गरेर छिट्टै काठमाण्डौमा नै लगेर ओपन हार्ट सर्जरी गरिने पनि जानकारी दिनुभयो ।
औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुममा आफनो मन्तब्य राख्दै कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले बडा कार्यलय र कुश्मा नगर अस्पतालले सहकार्य गरेर यस्तो स्वास्थ्य शिबिर आयोजना गर्नु अत्यन्तै सरहानिय कार्य रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष झलक रिमालले नेपालमा मुटुरोगीहरुको संख्या बढ्दै गैरहेको अवस्थामा स्थानियबासीको मुटु सम्बन्धी स्वास्थ्यको अबस्था पत्ता लगाउन र सचेतना अभिबृद्धि गर्न शिबिर आयोजना गरिएको बताउनु भयो । कुस्मा नगर अस्पतालको स्तरउन्नती गरी सेवा बिस्तार गर्न सबै सरोकार वाला निकाय सँग उहाँले माग पनि गर्नुभएको थियो ।
शिबिरको समापन पछि साँचोकुरा डटकम सँग सक्षिप्त कुरा गर्दै डा. अनिल भट्टराइले समग्रमा ठूलीपोखरीबासीको मुटु स्वस्थ नै रहेको बताउनुभएको थियो । मुटुरोगको पहिचान समयमा नै गरेर नियमित औषधि सेवन गरेमा मुटुरोगीहरुको आयु लम्वाउन सकिने पनि उहाँले जानकारी दिनुभएको थियो ।
पर्बतको ठूलीपोखरीमा निशुल्क मुटुरोग शिबिर सम्पन्न, ३ जनाको ओपन हार्ट सर्जरी गरिने
