पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा निःशुल्क मुटु रोग परीक्षण शिविर हुने भएको छ ।
शिवीर यही मंसिर २७ गते शनिबार आयोजना गरिएको वडा अध्यक्ष झलक प्रसाद रिमालले जानकारी दिनुभएको हो । ठुलीपोखरीमा रहेको कुश्मा आधारभूत अस्पतालमा हुने शिविरमा सेभ द हार्ट र नेपाल कार्डियोको प्राविधिक सहयोग रहेको छ । शिविरमा निःशुल्क मुटुरोग सम्बन्धि परामर्श र परीक्षण, निःशुल्क इसीजी, निःशुल्क इको कार्डियोग्राफी, निःशुल्क औषधी र १८ वर्ष भन्दा कम उमेरका बालबालिकाको निःशुल्क मुटुको शल्यक्रिया सेवा समेत संचालन हुने भएको छ ।
आर्थिक अभावका कारण लामो समयदेखि मुटुरोग सम्बन्धि समस्याले ग्रसित बिरामीहरुलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका वडा अध्यक्ष झलक रिमालको भनाई छ ।
शिविरमा बरीष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा डा. सुमन अधिकारी, डा. सुतप यादव, बोधराज गौतम लगायतको टोलीले बिरामीहरुको उपचार गर्ने छ । शिविर बिहान ८ बजेदेखि साँझ ४ बजे सम्म संचालन हुने बताईएको छ । शिविरमा सहभागी भएर आफ्नो स्वास्थ्य परीक्षण गरी लाभ लिन आयोजकले अनुरोध गरेको छ ।
