नेपाल भियतनाम सँग ३-१ गोलले पराजित

नेपाल भियतनामसँग पराजित भएको छ । एएफसी एशियन कप छनौट अन्तर्गत आज भएको खेलमा भियतनामले नेपाललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा १-१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा २ गोल खान पुगेको थियो । नेपालका लागि एक गोल खेलको १७ औं मिनेटमा सनिस श्रेष्ठले गरेका थिए । 

खेलको पहिलो हाफको इन्जुरी समयमा नेपालका लाकेन लिम्बुले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित भएको थियो ।

नेपाल अब अर्को खेल अक्टोबर १४ मा भियतनाममै खेल्ने तालिका रहेको छ । दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि नेपालले आफ्नो होम खेल भियतनाममै खेल्न लागेको हो ।  

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *