पर्बतको फलेवासमा भएको महिला हत्या तथा लुटपाट प्रकरणसँग जोडिएको गरगहना खरिद गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुश्मा नगर सभापति रमेश कुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ।
प्रहरीका अनुसार हत्या पश्चात लुटिएको भनिएको गरगहना बिना बिल तथा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी खरिद गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कानुनअनुसार स्रोत नखुलेका तथा शंकास्पद गरगहना खरिद–बिक्री गर्नु गैरकानुनी मानिन्छ।
सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तिले शंकास्पद वस्तु खरिद गर्नुका साथै सम्बन्धित निकायलाई जानकारी नदिएको विषयले थप प्रश्न उठाएको छ। अनुसन्धान जारी रहेकाले घटनासम्बन्धी थप तथ्य खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।
लुटिएको गरगहना खरिद गरेको आरोपमा रास्वपा कुश्मा नगर सभापति प्रहरी हिरासतमा
