म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु

म्याग्दीमा आज बिहान घाँस काट्न जाने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको मालिका गाउँपालिका–६, उपल्लो दरवाङमा स्थानीय ६२ वर्षीय सुबिलाल केसीको मृत्यु भएको हो ।

केसी बिहान करिब साढे ५ बजेतिर घरबाट घाँस काट्नका लागि गाउँनजिकैको भीरतर्फ जाँदै गर्दा अचानक चिप्लिएर लडेका थिए। भीरबाट तल खसेका केसीको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दरवाङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएकाे प्रहरीले जनाएको छ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *