जीप दुर्घटनामा कुश्मा-१४ नं. वडाका निर्वाचित वडा सदस्यको निधन

जेठ १९/पर्वत, सोमबार बेलुका भएको जीप दुर्घटनामा कुश्मा नगरपालिकाका निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कका निर्वाचित वडा सदस्य केशव पौडेलको दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका पौडेललाई उपचारका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा लगिएको थियो । उपचारको क्रममा अस्पतालले पौडेललाई मृत घोषणा गरेका थियो ।

पाैडेल २०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेकाे तर्फबाट वडा सदस्य पदमा बिजयी भएका थिए ।

नेकपा एमाले वडा कमिटीका उपाध्यक्ष समेत रहेका पाैडेल विभिन्न सामाजिक संस्थाहरुमा समेत आबद्ध थिए ।

सोमबार बेलुका करिब ८ः४० बजे वडा कार्यालय आर्थरबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको बोलेरो पिकअप जिप अचानक सडकबाट करिब ५ सय मिटर तल खसेको हो ।

यात्रुहरूलाई गन्तव्यमा छाडेर चालक घर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप चालक करिब २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *